२६ असार २०८३, शुक्रबार

बारका प्रतिनिधिले सोमवार सर्वोच्चका सबै न्यायाधीशसँग सामूहिक छलफल गर्ने

कात्तिक ७, २०७८
बारका प्रतिनिधिले सोमवार सर्वोच्चका सबै न्यायाधीशसँग सामूहिक छलफल गर्ने

न्यायालयमा देखिएको पछिल्लो समस्याको विषयमा नेपाल बार एसोसिएसनका प्रतिनिधिले सोमवार सर्वोच्च अदालतका सबै न्यायाधीशहरूसँग छलफल गर्ने भएका छन् । 

आइतवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग भेटेका बारका पदाधिकारीले सोमवार सर्वोच्च अदालतका सबै न्यायाधीशहरूसँग भेट्ने तय भएको हो । 

बारका महासचिव लीलामणि पौडेलले भोलि सर्वोच्च अदालतका सबै न्यायाधीशसँग भेट्ने जानकारी दिए । 

बारका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले आफूबाट गल्ती भएको र गल्ती स्वीकार्ने बताएका थिए । 

आइतवार नेपाल बार एसोसिएसनका पदाधिकारीहरूसँगको छलफलपछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि फूलकोर्ट बैठक बोलाउने सहमति भएको बारकी उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरलाई जानकारी दिइन् ।  

प्रधानन्यायाधीशको भूमिकालाई लिएर चौतर्फी आलोचना भएपछि सर्वोच्चका न्यायाधीहरूले छलफल र सक्रियता बढाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्