०९ साउन २०८३, शनिबार

BREAKING : सर्वोच्चका १४ न्यायाधीशको निर्णय– राणाले बोलाएको फूलकोर्ट बहिस्कार, भोलि ११ बजेदेखि छुट्टै बैठक, इजलास अनिश्चित

कात्तिक ७, २०७८
BREAKING : सर्वोच्चका १४ न्यायाधीशको निर्णय– राणाले बोलाएको फूलकोर्ट बहिस्कार, भोलि ११ बजेदेखि छुट्टै बैठक, इजलास अनिश्चित

सर्वोच्च अदालतका १४ जना न्यायाधीश प्रधानन्यायाधीशले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा सहभागी नहुने भएका छन् ।

१४ न्यायाधीशको आइतवार बसेको बैठकले भोलि बिहान ११ बजेपछि छुट्टै छलफल गर्ने निर्णय पनि गरेको छ । जसका कारण भोलिको इजलास अनिश्चित बनेको छ ।

इजलास शुरू हुनुपर्ने समयमा न्यायाधीशहरूको बैठक बस्ने भएपछि इजलास अनिश्चित बन्ने भएको हो ।

नेपाल बार एसोसिएसनका प्रतिनिधिसँगको भेटपछि प्रधानन्यायाधीश जबराले सोमवारका लागि फूलकोर्ट बैठक बोलाएका थिए ।

न्यायाधीशहरूको पछिल्लो अडानले सर्वोच्च अदालतभित्रको विवाद झनै पेचिलो बन्ने संकेत देखिएको छ ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषदमा भागबण्डा खोजेको भन्दै न्यायाधीशहरूले तीव्र असन्तुष्टि जनाएका छन् ।

न्यायालयमाथिको वर्तमान संकटको ठोस निकास न्यायिक नेतृत्वले नै दिनुपर्नेमा उनीहरूको जोड छ ।

salt training

कमेन्ट गर्नुहोस्