२२ असार २०८३, सोमबार

कोरोना अपडेट : थपिए ५५७ संक्रमित, ३ जनाको मृत्यु

कात्तिक ७, २०७८
कोरोना अपडेट : थपिए ५५७ संक्रमित, ३ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६२५ नमूना परीक्षणमध्ये ५२२ पीसीआर र ३५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ३४८ पुगेको छ । 

मन्त्रालयका अनुसार थप ८७७ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ८७ हजार ५०७ पुगेको छ । 

हाल मुलुकभर १० हजार २०१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्