०३ असार २०८३, बुधबार

गैरकानूनी रुपमा नेपाल प्रवेश गरेका अफगानी नागरिक बसेको कोठामा प्रहरीको छापा

कात्तिक ८, २०७८
गैरकानूनी रुपमा नेपाल प्रवेश गरेका अफगानी नागरिक बसेको कोठामा प्रहरीको छापा
सांकेतिक तस्वीर।

सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका ७ अफगानी नागरिक बसेको कोठामा प्रहरीले छापा मारेको छ ।

कात्तिक ४ गते काठमाडौं आइपुगेका ५ र असोज २४ गते आएका दुई गरी ७ अफगानीलाई पक्राउ गर्न प्रहरी खटिएको छ । त्यही क्रममा सिनामंगलस्थित एक घरमा भाडामा बसेका एकै परिवारका ५ अफगानीलाई नियन्त्रणमा लिन लागिएको हो । 

अरू २ अफगानी बानियाँटारमै बसेको सूचना प्रहरीले पाएको छ । 

उनीहरूलाई पनि नियन्त्रणमा लिन प्रहरी खटिएको छ । सातैजनालाई पक्राउ गरी अध्यागमन विभागलाई बुझाउने तयारी भएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्