×

NMB BANK
NIC ASIA

पत्नी आरजुको नाममा रहेको घरमा कडा सुरक्षा पहरा, तर देउवाको रोजाइमा होटल !

कात्तिक ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

‘टुरिस्ट उम्मेदवार’को संज्ञा दिन थालिएपछि २०७४ सालको आमनिर्वाचनमै होमिएका बेला डा. आरजु राणा देउवाले धनगढीमा भव्य घर किनिन् ।

Sagarmatha Cement
Muktinath Bank

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लडेकी प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजुले घर किनेर आफू स्थानीय नै भएको देखाउन खोजिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धनगढीका व्यवसायी गोपाल हमालबाट राणाले ३ करोडमा घर किनिन्, भोट मागिन् तर उनी वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानासँग पराजित भइन् ।


Advertisment
Nabil box
Kumari

त्यो भव्य घर चुनावी प्रयोजनबाहेक प्रयोगमा आउन नसकेको बताइन्छ । कांग्रेस सभापति समेत रहेका शेरबहादुर देउवा हालै प्रधानमन्त्री भएपछि घरमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

Vianet communication
Laxmi Bank

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘विशिष्ट व्यक्तिको सम्पत्ति भएकाले सुरक्षा दिइएको हो । उहाँहरू चाहेको अवस्थामा आफ्नो घरमा बस्न सक्नुहुन्छ । बस्ने वा नबस्ने उहाँहरूको इच्छाको कुरा हो ।’ त्यो घरमा सुरक्षाका लागि २/२ जना जिल्ला प्रहरी कार्यालय कैलालीबाट नियमित खटिने गरेका अधिकारीले बताए ।

असोज ३१ देखि कात्तिक २ गतेको अविरल वर्षापछि भएको क्षति अवलोकन तथा निरीक्षणको क्रममा कात्तिक ४ र ५ गते प्रधानमन्त्री देउवा सुदूरपश्चिममा रहे तर सुरक्षा घेरामा रहेको त्यो घरमा नबसी होटल डिभोटी बसे ।

घर हुँदाहुँदै पनि घरमा नबसी होटल रोज्ने प्रधानमन्त्री देउवाको विलाशीशैलीमाथि टिप्पणी गर्दै नागरिक दैनिकमा कार्यरत पत्रकार पुष्पराज जोशी आफ्नो फेसबूक वालमा लेखेका थिए, ‘देउवा दाजु, हजुरको निवास (आरजु भाउजूको घर) पनि धनगढी उत्तर बेहडीमै हो । घर आएको मान्छे किन घरमा नबसेर होटलमा बस्नुभयो ? हामी जनताको प्रश्न हो । हजुर धनगढी आउँदा हामी उत्साहित छौं, किनकि प्रदेश राजधानी हजुरले घोषणा गर्नु भो, सरेको छैन तर यहाँ राजधानी भएपनि हामीले सडक जाम, जमिनको भाउ आकाशिनुका साथै कोठा भाडा महंगो, सबै कुरामा समस्या झेलेका छौं ... ।’

प्रधानमन्त्री देउवाको होटल बसाइलाई कसैले प्रधानमन्त्री विलासी भएको टिप्पणी गरेका छन् भने कसैले राज्यस्रोतको दोहन भएको भन्दै प्रधानमन्त्रीको आलोचना गरेका छन् ।

एक राति बसाइको क्रममा प्रधानमन्त्री, मन्त्री, सुरक्षाकर्मीको खर्च लाखौं भएको बताइएको छ । यद्यपि होटल डिभोटीले कुन निकायबाट खर्च व्यहोनेबारे यकिन नभएको र आफूहरूको व्यस्तताका कारण खर्चको बिल तयार गरी नसकेको बताएको छ ।

देउवा निवासमा रहेका प्रधानमन्त्री देउवाका भान्जा रमेश चन्दले भने, ‘अहिलेसम्म ३–४ पटक यहाँ आएर बसिसक्नुभएको छ तर प्रधानमन्त्री भइसकेपछि नेपाली सेनाले सुरक्षाको कारण देखाएपछि यहाँ नबस्नु भएको होला ।’

संघीय सरकारका अर्थमन्त्री जर्नादन शर्मा र पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित आएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विभिन्न जिल्लास्थित पहिरो तथा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

यसैबीच प्रधानमन्त्री देउवाको टोली धेरै क्षति भएका डोटी र बझाङका प्रभावित क्षेत्रमा नपुगेको र घण्टौं हिँडेर दुःख सुनाउन सदरमुकाम आएका पीडितलाई भेट पनि नदिएको भन्दै आलोचना भएको थियो ।

कञ्चनपुरको दोधारामा डेढ मिनेट सम्बोधन गरेका प्रधानमन्त्री देउवाले कार्यक्रमका सहभागीलाई हप्काउँदै ‘ए भाइ, बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस्’ भनेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x