काठमाडौँ, ८ असार - राप्रपाले दोस्रो चरणको निर्वाचनमा एक उपमहानगरसहित ५ मेयर र २५ गाउँपालिका अध्यक्ष जित्ने दाबी गरेको छ । नेताहरूलाई जिल्ला–जिल्लामा खटाइएकाले दोस्रो चरणको निर्वाचनमा सुधार आउने राप्रपाको विश्वास छ । प्रवक्ता रोशन कार्कीले अहिलेसम्म एक उपमहानगरसहित ५ नगरपालिका र २५ गाउँपालिकामा जित्ने रिपोर्ट केन्द्रमा आएको बताए ।

राप्रपाले नेपालगन्ज उपमहानगरपालिकामा महामन्त्री डा. धवलशमशेर राणालाई मेयरको उम्मेदवार बनाएको छ । राणाले जित्ने दाबी राप्रपाको छ ।