३० जेठ २०८३, शनिबार

ट्विटरमा ‘मलाई पुरुष मन पर्दैनन्’ लेखेबापत यी महिला अधिकारकर्मीलाई जेल सजाय

कात्तिक १२, २०७८
ट्विटरमा ‘मलाई पुरुष मन पर्दैनन्’ लेखेबापत यी महिला अधिकारकर्मीलाई जेल सजाय

महिला अधिकारका नाममा पुरुषविरुद्ध घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा टर्कीको अदालतले महिला अधिकारकर्मी ३४ वर्षीया पिनार इलदिरिमलाई जेल सजाय गरेको छ ।

ट्विटरमा ‘मलाई पुरुष मन पर्दैनन्’ लेखेबापत पिनारलाई ५ महिना जेल सजाय भएको हो ।

पिनार महिला अधिकारका क्षेत्रमा क्रियाशील छिन् । उनले महिला अधिकारको कुरा गर्दा पुरुषविरुद्ध घृणा फैलाउने गरेकाले सजाय गरिएको डेली स्टारमा खबर छ । 

पिनारले भने पुरुषप्रति घृणा फैलाउने आफ्नो उद्देश्य नभएको स्पष्टीकरण दिएकी थिइन् । उनले भनेकी छन्, ‘एक ट्वीट गर्दा जेल सजाय हुने मेरो समझमा आएन ।’
 

salt training

कमेन्ट गर्नुहोस्