
नेपाली सेना प्रधानसेनापति चारदिने भारत भ्रमण जाने भएका छन् ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति प्रभुराम शर्मा आगामी कात्तिक २३ देखि २६ गतेसम्म जान लागेको जंगी अड्डाले जनाएको छ ।
प्रधानमन्त्ती तथा मन्त्रिपरिषद्ले बिहीवारको बैठकले स्वीकृत दिएको थियो ।
प्रधानसेनापतिले भारतका समकक्षी नरवणेसहित विभिन्न सैन्य व्यक्तिलाई भेट्ने कार्याक्रम गरेको छ ।