२४ जेठ २०८३, आइतबार

शान्ति समाजले माग्यो प्रधानन्याधीशको राजीनामा

कात्तिक १२, २०७८
शान्ति समाजले माग्यो प्रधानन्याधीशको राजीनामा

 मानवअधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई तत्काल राजीनामा दिन आग्रह गरेको छ ।

राजीनामा नदिएको खण्डमा महाभियोगको प्रक्रिया अघि बढाई उनको बर्हिगमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई समेत अनुरोध गरेको छ ।

प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमाथि प्रश्न उठाउँदै राजीनामा–बहिर्गमनको माग तीव्र भइरहेको र पछिल्लो चरणमा प्रधानन्यायाधीश राणा नैतिक रुपमा झनै च्युत भएको ठहर गर्दै समाजले यस्तो धारणा सार्वजनिक गरेको हो ।

समाजका सभापति गोविन्द खनालले शुक्रबार विज्ञप्ति जारी गर्दै एकातिर न्यायिक क्षेत्रका जिम्मेवार व्यक्ति एवं निकायसहित न्यायालयको निष्पक्षताप्रति गम्भीर चासो व्यक्त गर्ने अधिकांशले प्रधानन्यायाधीशको राजीनामा माग गरेको र अर्कोतिर प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको प्रस्ट पारेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्