२५ जेठ २०८३, सोमबार

सकियो नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठक

कात्तिक १२, २०७८
सकियो नेपाल-भारत द्विपक्षीय परामर्श समूहको बैठक

भारतको बैंग्लौरमा सञ्चालित दुईदिने नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १४ औं बैठक सकिएको छ । 

नेपाल र भारत सरकारबीच सुरक्षासम्बन्धी विषयमा नियमित छलफल गर्ने उद्देश्यले कात्तिक ११ र १२ गते बैंग्लौरमा बैठक आयोजना गरिएको थियो । 

बैठकमा तालिम र क्षमता अभिवृद्धिसम्बन्धी सहयोगका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

यो बैठक नेपाल–भारतबीचको सम्बन्ध सुदृढीकरण र द्विपक्षीय सुरक्षा चासोहरूको सम्बोधनका लागि उपलब्धिमूलक हुने नेपाली सेनाको विश्वास छ । 
 

salt training

कमेन्ट गर्नुहोस्