१३ असार २०८३, शनिबार

क्रिश्चियन धर्मगुरु पोपलाई मोदीले दिए भारत भ्रमणको निम्ता

कात्तिक १३, २०७८
क्रिश्चियन धर्मगुरु पोपलाई मोदीले दिए भारत भ्रमणको निम्ता

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई भारत भ्रमणको निमन्त्रणा दिएका छन्।

भ्याटिकन सिटीमा शनिबार भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले पोपलाई निमन्त्रणा गरेका हुन् । आफूहरूको भेटवार्ता अत्यन्त सौहार्दपूर्ण भएको उनले बताएका छन् ।
सुरुमा २० मिनेट मात्रै भेटवार्ता गर्ने तय भएको भएपनि उनीहरूबीच एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

भारतका प्रधानमन्त्री मोदी र क्रिश्चियन धर्मगुरु फ्रान्सिसका बीचमा पहिलो पटक भेटवार्ता भएको हो । हिन्दु धर्मावलम्बीहरूको बाहुल्यता रहेको देशका प्रधानमन्त्री र क्रिश्चियन धर्मका गुरु फ्रान्सीसबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्