१० असार २०८३, बुधबार

पहाडी तथा हिमाली भूभागमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा

कात्तिक १४, २०७८
पहाडी तथा हिमाली भूभागमा आंशिक बदली, केही स्थानमा हल्का वर्षा

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार बिहान देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
यस्तै दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली  तथा बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने छ । तर, प्रदेश  नं १, बागमती  प्रदेश  र  गण्डकी  प्रदेशको एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यसैगरी राति  प्रदेश  नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली  रहने छ। प्रदेश  नं १, बागमती  प्रदेश  र  गण्डकी  प्रदेशको एक दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू(भागका  एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्