०३ असार २०८३, बुधबार

यात्रुवाहक बसमा लुटपाट, दुई जना पक्राउ

कात्तिक १४, २०७८
यात्रुवाहक बसमा लुटपाट, दुई जना पक्राउ

धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ५३७२ नम्बरको बसका यात्रुको नगद एक लाख ५ हजार रूपैयाँ लुटपाट भएको छ । 

लुटपाट गरेको आरोपमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

बसमा सवार जितपुरसिमरा उपमहानगरपालिका-७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपातसमेत गरी उक्त नगद लुटपाट गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । हाल फरार एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्