२५ जेठ २०८३, सोमबार

एनआइसी एसियामा ऋणका लागि दिएको आवेदनबारे घरमै बसेर जानकारी

कात्तिक २०, २०७४
एनआइसी एसियामा ऋणका लागि दिएको आवेदनबारे घरमै बसेर जानकारी

काठमाडौं, ८ असार - एनआइसी एसिया बैंकले ऋणका लागि  दिएको आवेदनको जानकारी घरमै
बसेर हेर्न मिल्ने व्यवस्था मिलाएको छ ।

रिटेल कर्जाका लागि आवेदन दिने ग्राहकहरुलाई लक्षित गरेर बैंकले हरेक चरणको अपडेट हेर्न मिल्ने व्यवस्था मिलाएको छ ।

बैंकले ऋणीहरुको सहजताको लागि कस्टमर रिटेल ट्र्याकिङ सिस्टमको सुरुवात गरेको हो ।

एसएमएसबाट कर्जाको अवस्थाको बारेमा जानकारी लिन सकिने बैंकले विज्ञप्ति मार्फत जनाएको छ ।

बैंकले यो सेवा आफ्ना एक सय १७ शाखाबाट उपलब्ध हुने जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्