२१ जेठ २०८३, बिहीबार

प्रचण्डको आरोप– 'ओलीले ज्ञानेन्द्रका मान्छेलाई भेटेर गणतन्त्र उल्ट्याइदिन्छु भनेको सूचना पाएँ'

कात्तिक १५, २०७८
प्रचण्डको आरोप– 'ओलीले ज्ञानेन्द्रका मान्छेलाई भेटेर गणतन्त्र उल्ट्याइदिन्छु भनेको सूचना पाएँ'
फाइल फोटो

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन् ।

सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन् ।

उनले माओवादी शिथिल हुँदा कार्य व्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागिपरेको आरोप लगाएका हुन् । उनले पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने बताए ।

प्रचण्डले एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका केही मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको आरोप समेत लगाए ।

'उन (ओली) ले सधैँ भन्थे मलाई यो संघीय लोकतन्त्र पनि मन पर्दैन । गणतन्त्र पनि मन परेको छैन । मलाई यो समावेशी, समानुपातिक भनेर दलित, महिलालाई कोटा छुट्याएको पनि मन परेको छैन । अस्ति त ज्ञानेन्द्रका केही मान्छेहरूसँग भेटे भन्ने सूचना मैले पाएँ । मलाई जिन्दगीभर यो गणतन्त्र मन नै परेको होइन, बाध्य भएर गरेको हो, त्यसकारण मौका आयो भने यो उल्टाइदिन्छु भनेको सूचना पाएको छु ।’

प्रचण्डले आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेको बताए । उनले माओवादीलाई पुनः नेतृत्व दिलाउन नेता कार्यकर्ताहरू जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताए । ​

salt training

कमेन्ट गर्नुहोस्