२२ असार २०८३, सोमबार

राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने दाबी प्रदेश प्रमुखसामु आजै पेश गर्दै गठबन्धन

कात्तिक १५, २०७८
राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने दाबी प्रदेश प्रमुखसामु आजै पेश गर्दै गठबन्धन

१ नम्बर प्रदेशका मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले भोलि मंगलवार दिउँसो १ बजेसम्म नयाँ मुख्यमन्त्रीमा दाबी पेश गर्न समय दिएपनि विपक्षी गठबन्धनले आज सोमवारै दाबी पेश गर्ने भएको छ ।

नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने दाबी बोकेर विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख कार्यालयतिर प्रस्थान गरिसकेका छन् ।

प्रदेश प्रमुख अधिकारीले मंगलवार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् ।

नेकपा एमालेबाहेक नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी राईलाई मुख्यमन्त्री बनाउने पक्षमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्