०२ साउन २०८३, शनिबार

हिम्मत छ भने एक्लाएक्लै आऊ, सक्दैनौ भने गठबन्धन बनाऊ, एमाले एक्लै सामना गर्छ : पोखरेल

कात्तिक १५, २०७८
हिम्मत छ भने एक्लाएक्लै आऊ, सक्दैनौ भने गठबन्धन बनाऊ, एमाले एक्लै सामना गर्छ : पोखरेल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन् ।

सोमवार नेकपा एमाले काठमाडौं क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिए ।

उनले एमालेविरुद्ध अहिले एउटा गठबन्धन तयार रहेको बताउँदै गठबन्धनले संविधान र कानूनलाई ठाडो उल्लंघन गरिरहेको आरोप समेत लगाए । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले राजनीतिक अस्थिरता पैदा गरेको, विकास निर्माणका कामलाई रोकेको र कानूनलाई ठाडो उल्लंघन गरेको बताए । उनले अहिलेको गठबन्धन सरकार विदेशीको अघि घुँडा टेक्न समेत पछि नपरेको दाबी गरे ।

महासचिव पोखरेलले भने, ‘एमालेको विरुद्धमा एउटा गठबन्धन तयार छ, त्यो गठबन्धन उसले अरु केही गरेको छैन, संविधान र कानूनहरूलाई ठाडो उल्लंघन गरेको छ, मूल्य मान्यताहरूलाई ठाडो उल्लंघन गरेको छ, राजनीतिक अस्थिरता सिर्र्जना गरेको छ, उसले औपचारिक ढंगले प्रारम्भ गरेको छ, हामीले विकास निर्माणका प्रारम्भ गरेका योजनाहरू झण्डै पौने ४०० अस्पताल, जसको शिलान्यास भइसकेको थियो, जसको टेण्डर लागिसकेको थियो, ती अस्पतालहरूको निर्माण रोकेको छ, रणनीतिक महत्त्वका १४ सय बढी सडकहरू प्रारम्भ भएको थियो त्यो सबै रोकेको छ, यतिबेला अहिलेको गठबन्धन सरकार संविधान र कानूनको विपरीत मूल्य मान्यता, राष्ट्रिय हीतको विपरीत विदेशीहरूको सामुन्नेमा घुँडा टेकेर लाज नमान्ने गरी प्रस्तुत भएको छ, विकास निर्माणका कामलाई अवरोध गरेको छ, हामी त्यसको घोर निन्दा र भत्र्सना गर्दछौं, अहिले एमालेको विरुद्धमा गठबन्धनको संयुक्त ढंगले प्रतिस्पर्धा गर्ने कुरा गर्दैछन्, म भन्न चाहन्छु, एक्लाएक्लै आउने हिम्मत छ भने आऊ, यदि सक्दैनौ भने गठबन्धन बनाऊ, एमाले एक्लैले त्यसको सामना गर्छ, हिजोभन्दा पनि एमाले सशक्त ढंगले अगाडि बढ्नेछ ।’

महासचिव पोखरेलले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनमा विदेशी पार्टीहरूलाई बोलाएको र लगभग ५ लाख जनताको उपस्थितिमा महाधिवेशनको उद्घाटन गर्ने बताए । उनले देशवासीको नाममा नेकपा एमाले विगतको भन्दा सशक्त ढंगले अघि बढ्ने बताउँदै मुलुकलाई नयाँ संकल्पसहित अघि बढाउने योजनामा रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्