२२ असार २०८३, सोमबार

सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

कात्तिक १६, २०७८
सानिमा बैंक सञ्चालक समितिको अध्यक्ष पौडेलले लिए पद तथा गोपनीयताको शपथ

सानिमा बैंक लिमिटेड सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष तुकप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । 

पौडेलले मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् । 

बैंकको कात्तिक १४ गते बसेको १७ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।

यसअघिका बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठको पदावधी समाप्त भएपछि उनलाई अध्यक्ष पदमा बैंकले नियुक्त गरेको हो ।

बैंकको कात्तिक १४ गते सम्पन्न १७औं वार्षिक साधारण सभाले अन्य २ जना संचालकलाई चयन गरेको छ । जसमा गायत्री थापा र केशवप्रसाद आर्चाय ४ वर्षका लागि संचालकमा नियुक्त भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्