
बाणिज्य बैंकहरुको निक्षेप निरन्तर घट्न थालेको छ। तर बैंकहरुले ऋण लगानी ठप्प छ भन्दाभन्दै पनि लगानी बढाइरहेका छन्।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार, अघिल्लो साता मात्र २ अर्बले निक्षेप घटेर ४२ खर्ब ४७ अर्बमा झरेको छ।
असोज मसान्तमा निक्षेप ४२ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको थियो।
उत्पादनमूलक क्षेत्रमा समेत लगानी गर्न नसक्ने अवस्था आएको बताइरहेका बैंकरले २० अर्ब रुपैयाँले लगानी बढाएका छन्। यो एक सातामै बढेको निक्षेप हो। बैंकहरुको कुल ऋण ४० खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ।
असार मसान्तयता बैंकिङ प्रणालीमा जम्मा ४५ अर्ब रुपैयाँ निक्षेप बढेको छ। बैंकहरुले यो अवधिमा २ खर्ब ९७ अर्ब रुपैयाँ ऋण दिइसकेका छन्।