२८ जेठ २०८३, बिहीबार

एमाले महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ : सचिव भट्टराई

कात्तिक १६, २०७८
एमाले महाधिवेशनले पुनः सत्तारोहणको सन्देश दिनेछ : सचिव भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको आसन्न दशौं राष्ट्रिय महाधिवेशनले लोकप्रिय जनमतसहित पुनः सत्तारोहणको सन्देश दिने बताएका छन् ।
 
महाधिवेशनको प्रचार योजनाबारे केन्द्रीय प्रचार विभागले मंगलवार आयोजना गरेको छलफल कार्यक्रममा विभागका प्रमुख भट्टराईले महाधिवेशनको उद्घाटनमा ५ लाखसम्म जनसमुदायको उपस्थिति गराउने तथा देश र विदेशमा समेत महाधिवेशनको सन्देश फैलाइने जानकारी दिए । उनले भने, ‘अहिले पार्टीभित्र अन्तरविरोध हुने खालका कुरा नगरौं । पार्टीलाई एकताबद्ध र प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ ।’

उनले महाधिवेशनका लागि दस्तावेज प्रकाशनको तयारीमा रहेको र केन्द्र, जिल्ला, स्थानीय तह र जनसंगठनले प्रतिनिधि छनोट र प्रचारात्मक कार्यको थालनी गरेको जानकारी दिए ।

आगामी मंसिर १०–१२ गतेसम्म चितवनमा हुने महाधिवेशनको तयारीबारे जानकारी दिन एमालेले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार मात्रै महाधिवेशनस्थल नारायणी किनारको अवलोकन गरेका थिए ।

एमालेले गत असोजमा विधान महाधिवेशन सम्पन्न गरिसकेकाले दशौं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्