३१ असार २०८३, बुधबार

क्याम्पसमा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख

कात्तिक १६, २०७८
क्याम्पसमा नेपाल भाषा अध्यापन गराउन वार्षिक १५ लाख

काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु १५ लाख अनुदान दिने भएको छ ।

कामपाको आज बसेको ७० औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कामपाले उपलब्ध गराउने रकममा नपुग खर्च क्याम्पसको आन्तरिक स्रोत तथा विद्यार्थीबाट सङ्कलन हुने शुल्कबाट बेहोरिने जानकारी दिए ।

बैठकले वडा नं  ११ को कार्यालय सञ्चालनका लागि जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्