०८ असार २०८३, सोमबार

भाइ मसलाको व्यापार बढ्यो

कात्तिक १८, २०७८
भाइ मसलाको व्यापार बढ्यो
फाइल तस्वीर

काठमाडौंको व्यस्त शहर न्युरोड, असन लगायतका शहरमा भाइ मसला किन्नेहरूको चहलपहल बढेको छ । 

भाइ टीकाको दिन चेलीबेटीले आफ्ना दाजुभाइलाई भाइ मसला दिने गर्दछन् ।

दाजुभाइलाई सप्तरङ्गी टिका र माला लगाइ दिइसकेपछि चेलीबेटीले भाइमसला लगायतका मीठा मीठा परिकार दिने प्रचलन रहेको छ ।

भाइ मसलामा नरिवल, मिस्री, काजु, किसमिस, ओखर, देशी बदाम, सुकुमेल, पेस्ता, ल्वाङ, मख्खना, छोकडा, सुपारी, मरिच लगायत राख्ने गरिन्छ ।

यी मसलाहरू किनमेल गर्न सुरु भइसकेका छन् । भाइ मसला केवल मसला व्यापारीले मात्रै होइन, किराना पसलेहरूले पनि विक्री गरिरहेका छन् । त्यसो त तिहार केन्द्रित मात्रै मसला पसल सञ्चालन गरेर सडक पेटीहरूबाट पनि धमाधम भाइ मसला विक्री भइरहेको छ ।

काठमाडौंको न्युरोड, असन लगायतका सडक पेटीहरूमा भाइ मसला किन्नेको भीड लागेको देख्न सकिन्छ । समग्रमा विगत दुई दिन यता भाइ मसला किन्नेहरूको भीड बढेपनि असनमा भने अघिल्लो वर्षको तुलनामा व्यापार कम नै भएको मसला व्यापारी सजिव बज्राचार्य बताउँछन् । भाइ मसला प्रायः विदेशबाट आउने र नेपाली उत्पादन कम नै हुने उहाँ बताउनुहुन्छ । भाइ मसला पनि विभिन्न गुणस्तरको आउने उल्लेख गर्दै उहाँले स्वस्थ मसला किन्न सुझाव दिए।

सडक पेटीहरूमा सानादेखि, ठूलासम्मका प्याकेट बनाएर बेचविखन भइरहेको पनि देख्न सकिन्छ । हरेक सामान किन्न हरेक पसल पुग्नुपर्ने झन्झटबाट मुक्त हुन उपभोक्ताहरू सबै सामग्री मिसिएको रेडिमेट प्याकेटमै आकर्षित भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्