![एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल, संगठन विभागमा बेदुराम [निर्णयहरूसहित]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Prashant/New%20Prashant/Jhalnath%20Khana%20l.png)
नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई दिएको छ ।
बुधवार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले खनालको नेतृत्वमा ७ सदस्यीय विदेश विभाग गठन गरेको हो ।
पार्टी उपमहासचिव तथा कार्यालय सचिव गंगालाल तुलाधरले बिहीवार विज्ञप्ति जारी गर्दै सचिवालय बैठकका निर्णय सार्वजनिक गरेका छन् ।
बैठकले संगठन विभागको प्रमुखमा डा. बेदुराम भुसाल, शिक्षा विभाग प्रमुखमा डा. गंगालाल तुलाधर, विपद् व्यवस्थापन विभाग प्रमुखमा डा. गंगालाल तुलाधर र सहकार्य विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिएको छ ।
बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न ५ दलीय गठबन्धनमा छलफल गर्ने निर्णय समेत गरेको छ ।

