धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको टी–२० क्रिकेट प्रतियोगिताको उपाधि गजुरी सामुदायिक विकास समाजले जितेको छ ।
कात्तिक ११ गतेदेखि विशालटारमा आयोजना गरिएको प्रतियोगिताको फाइनलमा गजुरी सामुदायिक विकास समाजले त्रिपुरासुन्दरीलाई २१ रनले हराउँदै उपाधि हात पारेको हो ।
टस जितेर ब्याटिङ गर्दै गजुरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११० रन बनायो । १११ रनको लक्ष्य पछ्याउने क्रममा त्रिपुरासुन्दरीले सबै विकेट गुमाउँदै मात्र ८९ रन बनायो ।
प्रतियोगिताको विजेतालाई १ लाख तथा उपविजेतालाई ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको धादिङ जिल्ला क्रिकेट संघका उपाध्यक्ष नारायण सिलवालले जानकारी दिए ।
नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे ।