१२ असार २०८३, शुक्रबार

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाउने

कात्तिक २४, २०७८
राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाउने

बैंकिङ प्रणालीमा तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले बिहीवार २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।

राष्ट्र बैंकले रिपो मार्फत प्रणालीमा पैसा पठाउन लागेको हो। यसको अवधि १४ दिनको हुने छ। बैंकहरुले बोलकबोलमार्फत ब्याज निर्धारण गर्ने छन्। जसको बढि ब्याज हुने छ उसैले पैसामा प्राथमिकता पाउने छ।

यद्यपी यसको ब्याज भने ५ प्रतिशतभन्दा बढि हुँदैन। ५ प्रतिशतमा जुनसुकै बेला पाइने सात दिनको स्थायी तरलता सुविधा बैंकहरुले राष्ट्र बैंकसँग लिन सक्छन्। यसको ब्याज ५ प्रतिशतभन्दा तलै बस्नु पर्ने भएपनि बैंक वित्तीय संस्थाबीच तरलताका लागि पैसाको खोसखोस भएकाले रिपो दर ५ प्रतिशतसम्म पुगेको छ।

बैंकले मंगलबार पनि राष्ट्र बैंकबाट ५१ अर्ब ८२ करोड रुपैयाँ स्थायी तरलता सुविधा उठाएका छन्। २४ वटा बैंक तथा वित्तीय संस्थाले यो पैसा उठाएका हुन्। 

salt training

कमेन्ट गर्नुहोस्