१६ असार २०८३, मंगलबार

डडेल्धुरामा एमालेलाई झड्का : जिल्ला अध्यक्ष जोशीको सिंगो टीम समाजवादीमा प्रवेश

कात्तिक २४, २०७८
डडेल्धुरामा एमालेलाई झड्का : जिल्ला अध्यक्ष जोशीको सिंगो टीम समाजवादीमा प्रवेश

नेकपा एमाले डडेल्धुराका तत्कालीन जिल्ला अध्यक्ष डा. तारा जोशी नेतृतवको सिंगो टीम नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको छ ।

समाजवादीका केन्द्रीय अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा बुधवार भएको एक कार्यक्रमबीच एमालेका तत्कालीन अध्यक्ष डा. तारा जोशीको सिंगो टीम नै समाजवादीमा समाहित भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै डा. जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीमा निरंकुशता हाबी भएको र जनभावना विपरीत गएको बताउँदै आफूहरू समाजवादीमा समाहित भएको बताए । उनले ५१ सदस्यीय जिल्ला समितिका पदाधिकारीसहित दुईतिहाइ सदस्य समाजवादीमा समाहित भएका घोषणा गरे । १४ जना भातृ संगठन प्रमुखको टीम समेत समाजवादीमा समाहित भएको जोशीले बताए ।

सुदूरपश्चिममा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति विपरीत गतिविधि गराउन थालेपछि डडेल्धुरामा नेकपा एमाले विभाजन भएको बताइएको छ । डा. जोशी निर्वाचित जिल्ला अध्यक्ष हुँदाहुँदै ओलीले प्रकाश साउँदलाई अध्यक्ष बनाएका थिए ।

केन्द्रमा १० बुँदे सहमति भएपछि आफू जिल्ला अध्यक्ष हुनुपर्ने माग गर्दै आएका डा. जोशीको सुनुवाइ नभएपछि उनी समाजवादीमा प्रवेश गरेका जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्