
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड १५ दिन बन्द गरिएको छ ।
राजमार्गको पाल्पा तानसेन बुटवल सडकखण्ड विस्तार गर्नुपर्ने भएको हुँदा रातको समयमा १५ दिन सडक बन्द गरेर काम गरिँदैछ ।
कात्तिक २२ गतेदेखि मंसिर ६ गतेसम्म हरेक दिन साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द हुने जनाइएको छ । दोभान प्रहरी चौकी आसपासमा सडक चौडा गर्न रातको समयमा सडक पूर्णरूपमा बन्द गरिएको हो ।
दिउँसोको समयमा सवारी चाप बढी हुने भएकाले रातको समयमा काम गर्न लागिएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए । सो समयमा सुरक्षा र एम्बुलेन्स बाहेकका सबै सवारी रोकेर काम गर्न लागिएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।