![प्रहरी हस्तक्षेप र बारको आक्रोशपछि सर्वोच्चमा देखिएको दृश्य [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Bar_8_mTRzl0zCLJ.jpg)
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेको छ ।
चरणबद्ध आन्दोलनमा रहेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमै जबराको राजीनामा माग्दै आन्दोलन गरेको हो ।
बारको आह्वानमा वकिलहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गरेका हुन् । सर्वोच्च परिसरमा ‘भ्रष्ट प्रधानन्यायाधीश राजीनामा देऊ’ भन्ने नारा लागेका छन् ।
बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले अब प्रधानन्यायाधीशको राजीनामाले नपुग्ने, उनलाई पदच्युत गर्नुपर्ने बताए ।
बारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप समेत गरेको थियो । त्यसक्रममा केही घाइते भएका छन् ।
प्रहरी हस्तक्षेपको विरोधमा बारले भोलि सर्वोच्च अदालतका सम्पूर्ण इजलास बहिस्कार गर्न आह्वान गरेको छ ।













