
केन्द्रीय तथ्यांक विभागले बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक विवरण संकलन गरेको छ ।
‘राष्ट्रिय जनगणना २०७८’ को शुभारम्भको दिन बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवाको पारिवारिक तथ्यांक संकलन गरेको हो ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ आफैं पुगेर देउवासँग विवरण संकलन गरेका थिए ।
अहिले देशभर जनगणनाको तथ्यांक संकलन भइरहेको छ ।