०३ असार २०८३, बुधबार

माघीसम्मै सुपथ मूल्य पसल

कात्तिक २७, २०७८
माघीसम्मै सुपथ मूल्य पसल

खाद्य  व्यवस्था  तथा व्यापार  कम्पनीले  सुपथ  मूल्य  पसल  आउँदो  माघ  २ गतेसम्म  सञ्चालन  गर्ने  भएको  छ।  सरकारले  दिएको अनुुदान  बजेट  बाँकी  रहेकाले  कम्पनीले  सुुपथ  मूल्य पसल आउँदो माघी पर्वसम्म सञ्चालन गर्ने भएको हो। कम्पनीले  दशैँ,  तिहार  र  छठलाई  लक्षित  गरेर  गएको असोज  १  गतेदेखि  सुपथ  मूल्य  पसल  सञ्चालन  गर्दै आएको  थियो।

 कम्पनीका  सूचना  अधिकारी  शर्मिला सुुवेदीले  सरकारले  सुपथ  मूल्य  पसल  सञ्चालन  गर्न कम्पनीलाई दिएको अनुुदान रकम पनि बाँकी रहेको र हाम्रा विभिन्न जातजातिका चाडपर्व पनि बाँकी रहेकाले खाद्य कम्पनीले माघ २ गतेसम्म पसल सञ्चालन गर्ने निर्णय  गरेको  जानकारी  दिए ।   कम्पनीले  उपत्यका चार  स्थानसहित  ३९  जिल्लामा  गरी  ४३  स्थानमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको छ। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्