२९ जेठ २०८३, शुक्रबार

कैलालीमा आजदेखि कांग्रेसका वडा अधिवेशन हुँदै

कात्तिक २७, २०७८
कैलालीमा आजदेखि कांग्रेसका वडा अधिवेशन हुँदै

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत कैलालीमा शनिवारदेखि वडा अधिवेशन शुरू हुँदैछन् ।

तेस्रो पटक मिति तोकिएपछि अधिवेशन प्रक्रिया अघि बढेको हो । शनिवारदेखि जिल्लाका १२६ वटै वडामा वडा अधिवेशन शुरू हुने पार्टी सभापति नरनारायण शाहले जानकारी दिए ।

उनले अधिवेशनका लागि सबै वडामा निर्वाचन अधिकृत खटाइसकिएको बताउँदै अधिवेशन सफल बनाउन १ हजार ५०१ जनाको मूल समिति र ११ वटा उपसमिति गठन गरिएको बताए ।

कैलालीमा टेकबहादुर सुवेदीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको नेपाली कांग्रेस कैलालीले जनाएको छ । 

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ । कैलालीमा नेपाली कांग्रेसका १८ हजार २७३ क्रियाशील सदस्य रहेका छन् ।

जिल्लाको सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा क्रियाशील सदस्य रहेका छन् । पार्टी कार्यालयका अनुसार धनगढीमा १ हजार १२९ महिला र ३ हजार ३७४ पुरुष गरी ४ हजार ५०३ क्रियाशील सदस्य रहेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्