२४ असार २०८३, बुधबार

राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुने गरी जनगणनाको काम गर्न सभामुखको आग्रह

कात्तिक २७, २०७८
राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुने गरी जनगणनाको काम गर्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुने गरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । 

सभामुख सापकोटाले जनगणना मुलुकको सुशासन, समृद्धि र विकास निर्माणका लागि धेरै महत्त्वपूर्ण विषय भएको उल्लेख गर्दै त्यसलाई राष्ट्रिय आवश्यक्ता परिपूर्ति हुने गरी सफलतापूर्वक सम्पन्न गराउन सबैले आ–आफ्नो ठाउँबाट संकल्प गर्नुपर्ने आवश्यक्ता समेत औंल्याए । 

शनिवार केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण संकलन गराउँदै उनले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकहरूलाई अनुरोध गरे । 

सभामुख सापकोटाले जनगणनाको कामलाई सफल बनाउने आफूले आफ्ना ठाउँबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

गत कात्तिक २५ गतेदेखि शुरू भएको ‘राष्ट्रिय जनगणना २०७८’ मंसिर ९ गते सम्पन्न हुनेछ ।

‘मेरो गणना: मेरो सहभागिता’ भन्ने मूल नाराका साथ शुरू भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५०० सुपरीवेक्षक परिचालन गरिएको छ । 

सभामुख सापकोटाले त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन गणकहरूको परिचालनमा उचित ध्यान दिन पनि केन्द्रित तथ्यांक विभागका पदाधिकारीहरुलाई सचेत गराए । 

salt training

कमेन्ट गर्नुहोस्