
पछिल्लो २४ घन्टामा २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार २४३ नमूना परीक्षणमध्ये २६० पीसीआर र ३५ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या ११ हजार ४७१ पुगेको छ ।
मन्त्रालयका अनुसार थप ४७८ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९७ हजार ९२६ पुगेको छ ।
हाल मुलुकभर ७ हजार २७८ सक्रिय संक्रमित छन् ।