०१ असार २०८३, सोमबार

एमाले महाधिवेशन : यस्तो छ रूपन्देहीका तीनवटा क्षेत्रको परिणाम

कात्तिक २८, २०७८
एमाले महाधिवेशन : यस्तो छ रूपन्देहीका तीनवटा क्षेत्रको परिणाम

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका सन्दर्भमा रूपन्देहीमा अहिलेसम्म तीन क्षेत्रको परिणाम आएको छ । 

जसअनुसार क्षेत्र नं १ मा खुलातर्फ यज्ञ गैरे, धुव्र खरेल, डा. कृष्ण न्यौपाने र ऋषिराम सापकोटा, महिलातर्फ जागेश्वरी चौधरी र विद्यालक्ष्मी गुरुङ निर्वाचित भएका छन् । 

क्षेत्र नं २ खुलातर्फ शिवराज सुवेदी, प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, वासुदेव घिमिरे र चित्रबहादुर कार्की, मोहन चापागाई, बाबुराम भट्टराई, गोपाल राना र बलबहादुर आचार्य, महिलातर्फ सावित्रा अर्याल, गोमादेवी आचार्य र ज्ञानु केसी छन् । 

त्यस्तै क्षेत्र नं ५ मा खुलातर्फ भूमिलाल सापकोटा, रामचन्द्र यादव, जिवलाल पाण्डे र शिव पौडेल, महिलातर्फ कल्पना हरिजन, कमला विक, दलित खुलातर्फ जोगलाल विक, सुरेन्द्र श्री निर्वाचित भएका  छन् । 

त्यस्तै लुम्बनी प्रदेश मजदुरतर्फ कमल गौतम, हरिबहादुर कार्की, हुमकान्त काफ्ले, पूर्णबहादुर केसी, महिलातर्फ रञ्जु भट्टराई, प्रेमपूर्ण योगी र सुशिला दर्लामी निर्वाचित भएका छन् । 

क्षेत्र नं ३, ४ मा निर्वाचन हुँदैछ । ३ मा महिला ममता पौडेल र उमा अधिकारी निर्विरोध  निर्वाचित भएका छन् । ६ र ७ आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्