×

NMB BANK
NIC ASIA

एमाले १०औं महाधिवेशनः ५८ जिल्लामा प्रतिनिधि छनोट, १९ जिल्ला विवाद

कात्तिक २९, २०७८

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशनका लागि ५८ जिल्लामा प्रतिनिधि छनोट भएको छ भने १९ जिल्लामा प्रतिनिधि छनोटमा विवाद भएको छ । विवादकै कारण १९ जिल्लामा आइतबार साँझसम्ममा प्रतिनिधि छनोट हुन सकेको छैन ।

Muktinath Bank

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले ५८ जिल्लाका साथै जनसंगठन, विभाग तथा विशेष कमिटीतर्फका सबै प्रतिनिधि सहमतिमै चयन भएको बताए । प्रतिनिधि छनोट हुन बाँकी जिल्लाको समेत सोमबारसम्ममा सकिने उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले विभिन्न ठाउँमा सर्वसम्मत प्रतिनिधि छनोटका सूचना आइरहेको र ३० कात्तिकमा महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी एमालेले गरेको छ ।


Advertisment
Nabil box
Kumari

सदस्यता विवाद, प्रतिनिधि हुनेको नेताको संख्या बढी भएकाले कतिपय ठाउँमा निर्वाचनबाटै प्रतिनिधि छनोट भइरहेकाले केही ढिलाइ भएको हो । एमालेले शनिबार देशैभरि एकै दिन महाधिवेशन प्रतिनिधि छनोट सुरु गरेको हो ।

Vianet communication

उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक÷एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधि चयन भएका भएको छ । यस्तै, केही जिल्लामा सदस्यता विवादसमेत देखिएको छ ।

प्रदेश १ को पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर, बाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुरमा प्रतिनिधि छनोट भइसकेको छ ।

यस्तै, उपत्यका विशेष कमिटीतर्फ पेसागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी, गण्डकी प्रदेशको गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ, लुम्बिनी प्रदेशको गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया जिल्लामा समेत प्रतिनिधि छनोट भइसकेको छ ।

कर्णाली प्रदेशको हुम्ला, डोल्पा, मुगु, कालिकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत, सुदूरपश्चिम प्रदेशको दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा प्रतिनिधि चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया अझै जारी नै रहेको सचिव भट्टराईले जनाएका छन् ।

नेकपा केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्र्रदेश कमिटीहरू, प्रदेश सम्पर्क कमिटीहरू र प्रवास समन्वय कमिटीका साथै पार्टीका केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको बताए ।

‘देशैभरि एकैदिन महाधिवेशन प्रतिनिधि छनोट गर्ने कार्यक्रमअनुसार अधिकांश ठाउँमा सर्वसम्मत नै प्रतिनिधि छनोट भएको सूचना आएको छ,’ तामाङले भने, ‘केही ठाउँमा निर्वाचनबाट समेत प्रतिनिधि छनोट भएका छन् ।’

एमालेको १०औं महाधिवेशनमा १९ सय ९९ प्रतिनिधि सहभागी हुँदै छन् । २ सय ६३ जना पदेन प्रतिनिधि रहेका छन् । १७ सय ३६ प्रतिनिधि विभिन्न ठाउँबाट निर्वाचित भएर आउनुपर्ने तामाङले बताए । केन्द्रीय कमिटीका सबै र अनुशासन आयोगबाहेक अन्य ठाउँमा निर्वाचित हुनुपर्नेहुन्छ ।

आउँदो १०, ११ र १२ मंसिरमा चितवनमा महाधिवेशन हँुदै छ । ललितपुरको गोदावरीमा हालै सम्पन्न भएको एमालेको प्रथम विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्थाअनुसार १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात सचिव जना गरी १५ जना पदाधिकारीसहितको २ सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

केन्द्रीय सदस्यमा खुलातर्फ ९८, समावेशीतर्फ ६६ र भूगोलतर्फ ४६ जना गरी २ सय १० जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । यसैगरी, महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ । एक तिहाइ महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी गर्ने व्यवस्थामा विधान छ ।

एमालेले १० मंसिरमा नारायणी नदीको किरानामा उद्घाटन र सौराहामा नेतृत्व छनोटका लागि बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको छ । ११ गते मनोनयन र प्रतिनिधिलाई इभीएम मतदान गर्न अभ्यास र १२ गते मतदान हुने मूल व्यवस्थापन समितिका सदस्य एवं एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् । राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x