२२ असार २०८३, सोमबार

दिल्लीमा लकडाउन गर्नेबारे सर्वाेच्चसम्म पुग्यो सरकारको विवाद

कात्तिक २९, २०७८
दिल्लीमा लकडाउन गर्नेबारे सर्वाेच्चसम्म पुग्यो सरकारको विवाद

भारतको राजधानी नयाँदिल्लीमा लकडाउन गर्नेबारे सोमवार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ । 

परालमा आगो लगाउँदा र तिहारमा पटाका पड्काउँदा भएको प्रदूषणका कारण यतिबेला भारतको राजधानी वायु संकटमा परेको छ ।

राजधानी नयाँदिल्लीमा लकडाउन गरेर वायु प्रदूषण नियन्त्रण गर्नुपर्ने उपायबारे सर्वाेच्च अदालतमा छलफल भइरहेका बेला दिल्ली सरकारले भने पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने तर्क गरेको छ ।

दिल्लीमा लकडाउन गरेर मात्रै प्रभावकारी नहुने तर्क गर्दै मुख्यमन्त्री अरबिन्द केजरीवाल नेतृत्वको सरकारले पूरै एनसीआरमा लकडाउन गर्नुपर्ने जिकिर सर्वाेच्चमा पठाएको छ ।

वायु प्रदूषण नियन्त्रणको विषयलाई सर्वाेच्चले प्राथमिकता दिएर सुनुवाइ गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्