३१ असार २०८३, बुधबार

तराईमा चुनाव : प्रचार–प्रसारमा भारतीय गाडी छ्यापछ्याप्ती

कात्तिक २०, २०७४
तराईमा चुनाव : प्रचार–प्रसारमा भारतीय गाडी छ्यापछ्याप्ती
रुपन्देही, १० असार – रुपन्देहीको वुटवल उपमहानगरपालिका र आसपासका क्षेत्रमा चुनाव प्रचारप्रसारमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग ज्यादा भएको पाइएको छ ।

सीमावर्ती क्षेत्रहरुमा नेपाली गाडी फाट्टफुट्ट तर भारतीय नम्वर प्लेटका गाडीको प्रयोग छ्यापछ्याप्ती देखिन्छ ।

रुपन्देहीको दक्षिणी मर्चवार क्षेत्रमा चुनाव प्रचारका लागि गुडने अधिकाशं गाडि भारतीय नम्बर प्लेटका देखिन्छन् ।

रुपन्देहीको मायाँदेवी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हरिकुमार चौधरीले चुनाव प्रचारमा चारवटा गाडी प्रयोग गरेका थिए ।indin number plate

चारवटै गाडी भारतीय नम्बर प्लेटका थिए । उसो त मर्चवार क्षेत्रमा कारोवार समेत भारतीय रुपयाँमा हुने गरेको स्थानीयले बताए ।

भारत सरकारले पाँचसय र हजारको नोटमा प्रतिबन्ध लगाउनु अघिसम्म यस क्षेत्रमा भारतीय रुपैयाँमा कारोवार हुने गर्दथ्यो ।

‘भारतीय नम्बर प्लेटको गाडी भाडामा लिँदा नेपाली गाडी भन्दा दोव्वर सस्तो पर्दोरहेछ, त्यसैले चुनाव प्रचारका लागि भारतीय गाडी लिएर चलाका हौं,’ चौधरीले लोकान्तरसँग भने ।

उनले नेपाली गाडी भाडामा लिँदा दीनको चार हजार रुपैयाँ तिर्नुपर्ने तर भारतीय नम्बर प्लेटका गाडीले दिनको दुइहजार रुपैयाँ मात्र भाडा लिने गरेको दाबी गरे ।

कपिलवस्तुका सीमावर्ती क्षेत्रमा पनि भारतीय नम्बर प्लेटका गाडिको प्रयोग अत्याधिक भइहेको देखिन्छ ।

भैरहवामा पनि भारतीय नम्बर प्लेटका गाडि चुनाव प्रचारमा छ्यापछ्यास्ती गुडिरहेका भेटिए ।

तराइका जिल्लाका विभिन्न भागमा चुनावी प्रचामार भारतीय नम्बर प्लेटका गाडीको व्यापक प्रयोग देखिए पनि स्थानीय प्रशासनले त्यसलाई रोक्न वा नियमन गर्न चासो दिएको देखिएन ।

चुनाव प्रचारमा महिला पनि
मायादेवी गाउँपालिकाको चुनाव प्रचार प्रसारमा संघीय समाजवादी फोरम नेपालका महिला उम्मेदवारहरु घरदैलो गरिरहेका भेटिए ।indin number plate2

मायादेवी गाउँपालिकाको वडा नम्बर ७ को वडासदस्य निर्मला यादव र दलित महिला वडा सदस्य मंगरी हरिजन अध्यक्षका प्रत्यसीसंगै चुनाव प्रचारमा हिँडिरहेका थिए ।

सदस्य यादवले जनताहरु भोट हाल्नका लागि आतुर रहेको बताइन् ।

‘मतदाताहरु भोट हाल्ने दिन गनेर बसिरहनु भएछ । धान रोप्न छाडेर भएपनि भोट हाल्न आउने बताइरहनु भएको छ’ चुनाव प्रचारका क्रममा गाउँमा भेटिएकी मंगरीले लोकान्तरसँग भनिन् ।

मायाँदेवी गाउँपालिकाको उपप्रमुखका लागि संघीय समाजवादी पार्टीबाट नर्मदादेवी उपाध्यायले उम्मेदवारी दिएकी छन् । नर्मदाका श्रीमान कृष्णप्रसाद उपाध्याय यसपटकको चुनावमा महिलाको सहभागिता र सक्रियता बढेको बताउँछन् ।
फोरम, राजपा प्रतिष्पर्धा
मर्चवार क्षेत्रका तीनवटा गाउँपालिका लगायत मायाँदेवी गाउँपलिकामा संघीय समाजवादी फोरम र राजपाका स्वतन्त्र उम्मेदवारहरुबीच कडा प्रतिष्पर्धा हुने आँकलन स्थानीयको छ । गत संविधानसभा निर्वाचनमा मर्चवार क्षेत्रवाट तमलोपाले चुनाव जितेको थियो ।

कोटहीमाइ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका राघवेन्द्र प्रताप त्रिपाठीले मर्चवार क्षेत्रमा मधेश केन्द्रित दलहरुले नै चुनाव जित्ने दावी गरे ।indin number plate1

स्वतन्त्र उम्मेदवारलाई तमलोपा नेता शर्वेन्द्रनाथ शुक्लाको समर्थन रहेको अन्य दलका नेता कार्यकर्ताहरुले बताए ।
केन्द्रमा मधेस केन्द्रित दलका नेताहरुले चुनावको विरोध गर्ने बताएपनि गाउँमा भने सर्वसाधारण चुनावको पक्षमा देखिए ।

‘यतिवेला कसैले पनि चुनावको विरोध गरेका छैनन्, निर्वाद रुपमा जनता भोट हाल्न जान्छन्,’ मर्चवारमा भेटिएका महेश मुराउले भने ।

salt training

कमेन्ट गर्नुहोस्