२३ जेठ २०८३, शनिबार

थप २९९ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

थप २९९ जनामा कोरोना पुष्टि, ६ संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार ११ हजार १५१ जनाको परीक्षण गरिएकोमा २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २६० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६४१ रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाले थप ६ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ४८९ पुगेको मन्त्रालयले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्