३२ असार २०८३, बिहीबार

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

१ नम्बर प्रदेश सरकारले बजेट पुनरावलोकन गर्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले चालू आर्थिक वर्षको बजेट पुनरावलोकन हुने जनाएका छन् ।

बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर मन्त्री आङ्बोले अनुत्पादक क्षेत्रको बजेट कटौती गर्ने बताए । प्राथमिकताका आधारमा नयाँ योजना समावेश गरेर चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा लगिने उनले बताए ।

पूर्व मुख्यमन्त्री शेरधन राईले गरेका महत्त्वपूर्ण योजनालाई निरन्तरता दिने उनले बताए । मुख्यमन्त्री राईको नेतृत्वमा सरकारमा आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री नै रहेका थिए ।

निवर्तमान मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकार असंवैधानिक रहेको भन्दै उनी नेतृत्वका योजनालाई निरन्तरता दिन नसक्ने उनले बताए । व्यक्तिगत स्वार्थ, कार्यकर्ता केन्द्रित, चुनाव केन्द्रित बजेटलाई हटाएर मंसिरभित्र नै पुनरावलोकन गरिसक्ने समेत उनले बताए । उनले मंसिर १५ गतेसम्म सरकारले पूर्णता पाउने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्