
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर १६–१८ गतेसम्म काठमाडौंमा एकता महाधिवेशन गर्ने भएको छ ।
मंसिर ११–१३ गतेसम्म हुने भनिएको अधिवेशन कार्यसूची अनुसार कार्य सम्पन्न हुन नसकेपछि पार्टीको निर्वाचन समितिको बिहीवार बसेको बैठकले अधिवेशन केही दिन पर सारेको पार्टीका वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
विक्रम संवत् २०७६ फागुन २८ सालमा तत्कालीन राप्रपासँग राप्रपा संयुक्तको एकता भएपछि पहिलो पटक हुन लागेको अधिवेशनमा राजनीतिक, आर्थिक, सामाजिक कार्यपत्र प्रस्तुत गरिनेछ भने अन्तरिम विधानलाई संशोधन गरी नयाँ कार्यसमितिको निर्वाचन गरिने छ ।
हालसम्म ७६ जिल्लामा अधिवेशन सम्पन्न भएको छ भने १ लाख ४१ हजार सक्रिय सदस्यको नामावली अभिलेख गरिएको छ । सक्रिय सदस्य थप हुनेक्रम जारी छ ।