१६ असार २०८३, मंगलबार

पशुपालक किसानलाई ‘गोठालो भत्ता’

पशुपालक किसानलाई ‘गोठालो भत्ता’

कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । 

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि एक सय भेडा, बाख्रापाल्ने किसानलाई मासिक एक हजार तथा १०० भन्दा बढी भेडा, बाख्रा पाल्नेलाई मासिक दुई हजार रूपैयाँका दरले गोठालो भत्ता दिँदै आएको छ । सम्बन्धित किसानको बैंक खातामा नै सो रकम जम्मा गरिएको गाउँपालिकाका पशु शाखाप्रमुख वीरेन्द्रबहादुर बमले बताए । 

पशुपालन गर्ने त्यस्ता किसानलाई गाउँपालिकाले चालु आर्थिक वर्षमा ९ लाख गोठालो भत्ताका रुपमा प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्