मोरङ, १० असार - मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले)बाट अध्यक्षका उम्मेदवार बनेका ताराबहादुर काफ्लेको घरमा आज बम फेला परेको छ ।
काफ्लेको घरमा आज बिहान सुतली बम फेला परेको हो । कानेपोखरी–६ स्थित रमाइलो बजारमा रहेको घरको पेटीमा बम देखेपछि स्थानीय बासिन्दाले जानकारी गराएको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले बताए ।
बमलाई नेपाली सेनाको टोलीले निष्क्रिय पारेका कारण विस्फोट भएर क्षति हुन भने नपाएको उनको भनाइ छ । प्रहरीले विप्लव नेतृत्वको माओवादीका कार्यकर्ताले बम राखेको हुनसक्ने आशङ्का गरेको छ