२९ असार २०८३, सोमबार

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीले गरे यस्तो आग्रह

अफगानिस्तानलाई सहयोग गर्न पाकिस्तानी प्रधानमन्त्रीले गरे यस्तो आग्रह

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानमा मानवीय सहायता उपलब्ध गराएर सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । 

पछिल्ला दिनमा अफगानिस्तानको अवस्था निकै नाजुक बन्दै गएको भन्दै त्यहाँका नागरिकलाई खाद्यान्न तथा औषधि र लत्ताकपडाकै समस्या रहेकाले सबैको सहयोग आवश्यक रहेको उनले बताएका हुन् । 

उनले विश्वका दाता राष्ट्रहरू तथा विदेशी समुदायलाई यस्तो सहयोगको आग्रह गरे । सोमवार मात्र अफगानिस्तानका लागि चीन र इरानले सहायता सामग्रीहरू प्रदान गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्