
नेकपा एमालेको स्थायी कमिटीको बैठक शुरू भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुरू भएको बैठकमा आसन्न १० औं राष्ट्रिय महाधिवेशनको विषयमा छलफल भइरहेको छ ।
महाधिवेशनको व्यवस्थापन, उद्घाटन र बन्द शत्र, प्रतिनिधि छनोटको अवस्था, ५ प्रतिशत मनोनयन र निर्वाचन आयोगको कामबारे छलफल भइरहेको एमालेका एक नेताले जानकारी दिए ।