
प्रधानमन्त्री शेरबहादुर देउवा र युरोपियन युनियन (ईयू)का प्रतिनिधि टोलीबीच भेटवार्ता भएको छ ।
ईईएस एशिया प्रशान्त क्षेत्रकी उपमहानिर्देशक पाओला पाम्पोलोनी नेतृत्वको टोलीले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेटवार्ता गरेको हो ।
सो भेटमा दुवै पक्षबीच आपसी समझदारी, व्यापार हवाई सुरक्षा, जलवायु परिवर्तनलगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयलले जनाएको छ ।