
मंगलवार शेयर बजारमा ३२.३१ अंकको गिरावट आएको छ ।
यस दिन नेप्से परिसूचक १.१७ प्रतिशतले घट्दै २७३३.१२ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
यस दिन सेन्सेसिट सूचक ३.९८ अंकले घट्दै ५१५.४८ विन्दुमा पुगेको छ ।
यस दिन कारोबारमा आएका कम्पनीहरूमध्ये १४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ । यस्तै १ सय ७१ कम्पनीको शेयर मूल्य घट्दा २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार, यस दिन कुला २ सय २७ कम्पनीको शेयर कारोबार भएको थियो ।
यी कम्पनीहरूको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७७ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।
नेप्से घटेपनि मंगलवार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट ब्रेक लागेको छ ।
मंगलवार आईसीएफसी फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ५.८४ प्रतिशतले गुमाएका छन् ।
यस्तै एनआईबीएल प्रगति फण्डका लगानीकर्ताले ५.२५ प्रतिशतले गुमाउँदा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य पनि ५.१६ अंकले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी लिमिटेड्को ४१ करोड ५७ लाख २४ हजार ६३ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।