०८ असार २०८३, सोमबार

आन र एनटीपी टुरिजम अफएर्स कलेजबीच सहकार्य

आन र एनटीपी टुरिजम अफएर्स कलेजबीच सहकार्य

नेपालमा पहिलो पटक स्ट्राटेजिक मार्केटिङ विषयमा एमबिए कार्यक्रम अध्यापन गराउने एनटीपी टुरिजम अफएर्स कलेज र नेपाल विज्ञापन संघ (आन) बीच एक सम्झौता भएको छ ।

सम्झौता पत्रमा आनका वरिष्ठ उपाध्यक्ष  नारायण कुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेश कुमार कण्ठले सोमबार संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।

आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा विज्ञापन, बजार तथा बिक्री सम्बन्धी अल्पकालिन तालिम तथा दीर्घकालिन कोर्सहरू उपलव्ध गराउने समझदारी भएको आनले जनाएको छ ।

आनका पदाधिकारी तथा सदस्यहरु तथा कलेजका सञ्चालक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्