२० असार २०८३, शनिबार

बिहेको तयारी गर्न कटरीना कैफले लिइन् कामबाट बिदा

मंसिर ७, २०७८
बिहेको तयारी गर्न कटरीना कैफले लिइन् कामबाट बिदा

बलिउड अभिनेत्री कटरीना कैफले बिहेको तयारी गर्न कामबाट बिदा लिएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी डिसेम्बरमा प्रेमी विक्की कौशलसँग बिहे गर्न कटरीनाले कामबाट बिदा लिएकी छन् ।

अब कटरीना पूरै बिहेको तयारीमा लागेकी छन् । तर विक्की भने काममै व्यस्त रहेका छन् । विक्कीकी आमा र भाइले कटरीनाको समन्वयमा बिहेको तयारी गरिरहेका जनाइएको छ ।

चाँडै बिहे हुने भएकाले कटरीना र विक्कीले जुनसुकै बेला पनि बिहेको औपचारिक घोषणा गर्नसक्ने समाचारमा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्