३० जेठ २०८३, शनिबार

योगी आदित्यनाथविरुद्ध यूपीमा अरविन्द र अखिलेशको चुनावी तालमेल

मंसिर ८, २०७८
योगी आदित्यनाथविरुद्ध यूपीमा अरविन्द र अखिलेशको चुनावी तालमेल

भारतको ठूलो प्रदेश उत्तर प्रदेशमा आगामी वर्ष हुने चुनावमा अखिलेश यादव नेतृत्वको समाजवादी पार्टी (जसपा) र अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) बीच चुनावी तालमेल गर्न छलफल अगाडि बढेको छ ।

उत्तर प्रदेश (यूपी) को सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध विपक्षी दलहरू एकजुट हुने रणनीतिअनुसार अखिलेश र अरविन्द एकठाउँमा आउन लागेका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चुनावी तालमेलका विषयमा छलफल गर्न सपा अध्यक्ष यादव र आप नेता तथा सांसद संजय सिंहबीच लखनउमा भेटवार्ता भएको छ ।

यसअघि सपासँग तालमेल गर्न आरएलडीले समेत सहमत भएको थियो । अखिलेशले आगामी चुनावमा साना–साना पार्टीलाई समेत सँगै लैजाने नीति लिएका छन् ।

नेता संजयले यूपीमा गठबन्धन गर्न छलफल शुरू भएको जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्