३१ असार २०८३, बुधबार

चीनको उदयलाई स्वीकार गर्नुको विकल्प नभएको भारतका विदेशसचिवको भनाइ

मंसिर ८, २०७८
चीनको उदयलाई स्वीकार गर्नुको विकल्प नभएको भारतका विदेशसचिवको भनाइ

इन्टरनेसनल चेम्बर अफ कमर्सको वार्षिक साधारणसभालाई बुधवार सम्बोधन गर्दै भारतका विदेशसचिवले चीनको उदयलाई स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन् । 

सन् १९८८ मा चीनसँगको सम्बन्ध पुनः शुरू गर्नुमा व्यापारिक, वाणिज्यिक, वैज्ञानिक र प्राविधिक सम्बन्ध तथा जनस्तरको सम्पर्क बढाउने भारतको उद्देश्य रहेको उनले बताए । 

चीन भारतको आर्थिक सहयोगी रहिरहेको तर आपूर्ति शृंखला र लगानी सहकार्यमा भारत चीनभन्दा तल परेको विषयलाई मूल्यांकन गर्नुपर्ने शृंगलाको भनाइ छ । तर यससँगै रणनीतिक र सुरक्षा चासोलाई पनि विचार गर्नुपर्ने उनले बताए । 

पोहोर साल चीनले भारतको पूर्वी लद्दाख सीमामा आक्रामकता देखाएको र प्रवेशका विभिन्न प्रयास गरेको पनि शृंगलाले स्मरण गरे । 

चीनसँग कैयौं चरणको वार्ता भए पनि केही कुराको सम्बोधन अझै हुन बाँकी नै रहेको उनले बताए । सबै समस्याको समाधान नहुन्जेल चीनसँग सम्बन्ध सामान्य नबन्ने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्